कात्तिक २७ बाट नेप्सेको नयाँ वेबसाइट पूर्ण रुपमा सञ्चालनमा आउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कात्तिक २७ बाट नेप्सेको नयाँ वेबसाइट पूर्ण रुपमा सञ्चालनमा आउने

नट्सको लगइन र युजर आईडी लिन सूचीकृत कम्पनीलाई आग्रह



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नयाँ वेबसाइट यही कात्तिक २७ गतेबाट पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ। नेप्सेले एक सूचना जारी गर्दै नेप्सेको नयाँ वेबसाइट कात्तिक २७ गतेबाट पूर्ण रुपमा सञ्चालनमा आउने जानकारी गराएको हो।

यो सँगै नेप्सेले नट्सको लगइन तथा युजर आईडी नलिएका सूचीकृत कम्पनीहरुलाई अनिवार्य रुपमा लिन पनि आह्वान गरेको छ।

नेप्सेले यसअघि नट्सको लगइन तथा युजर आईडी नलिएकाहरुलाई अनिवार्य रुपमा लिन आग्रह गरेको हो। सूचीकृत कम्पनीहरुको सूचना तथा विवरणहरु नयाँ वेबसाइटबाट सार्वजनिक गर्नका लागि सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई नेप्सेको नट्सको लगइन र युजर आईडी अनिवार्य रहेको पनि नेप्सेले स्पष्ट पारेको छ।

त्यस्तै, कात्तिक २७ गतेपछि सूचीकृत सम्पूर्ण कम्पनीहरुको सूचना तथा विवरण नयाँ वेबसाइटबाट मात्रै सार्वजनिक हुने नेप्सेले जनाएको छ। पुरानो वेबसाइटअन्तर्गत सम्पूर्ण लगइन तथा युजर आईडी खारेज हुने पनि नेप्सेको भनाइ छ।

सूचीकृत कम्पनीहरुले सूचना तथा जानकारी तोकिएको समयसीमाभित्र सम्प्रेषण गर्न नसकेमा प्रचलित प्रावधानअनुसार भई जाने सूचनामा उल्लेख छ।

प्रकाशित : ६ कार्तिक २०७९, आईतवार १३:२८