१ हजार २०९ जना बीमा सर्भेयरले गरे लाइसेन्स नवीकरण, कुन वर्गमा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

१ हजार २०९ जना बीमा सर्भेयरले गरे लाइसेन्स नवीकरण, कुन वर्गमा कति ?



काठमाडौं । बीमा समितिले बीमा सर्भेयरहरुको विवरण सार्वजनिक गरेको छ । बिहिबार समितिले आर्थिक वर्ष २०७९ का लागि नविकरण भएका बीमा सर्भेयरको विवरण सार्वजनिक गरेको हो ।

जसमा एक हजार २०९ जनाले बीमा सर्भेयरको लाइसेन्स नविकरण गरेको उल्लेख छ । समितिले सार्वजनिक गरेको विवरण अनुसार क वर्गका ५० जना, ख वर्गका ५६ जना, ग वर्गका १३० जना र घ वर्गका ९७३ जना सर्भेयरको लाइसेन्स नविकरण गरिएको हो ।

सर्भेयरहरुको कामको अनुभवका आधारमा वर्गीकरण अनुसार लाइसेन्स नविकरण गरिने समितिले जनाएको छ । ससितिका अनुसार धेरै अनुभव भएकाहरुलाई ‘क’ त्यसपछि कम अनुभव भएकालाई क्रमश ‘ख’ ‘ग’ वर्गमा र नयाँलाई ‘घ’ वर्गमा राख्ने गरेको छ ।

संस्थागत र व्यक्तिगत सर्भेयर गरी सो बराबरको लाइसेन्स नविकरण भएका हुन् । सर्भेयरले प्रत्येक बर्ष आफनो लाईसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित : ३ कार्तिक २०७९, बिहीबार १७:५६