नेप्सेमा दाहोरो अंकको गिरावट, तीन कम्पनीकाे शेयर सकारात्मक सर्किट लेभलमा कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा दाहोरो अंकको गिरावट, तीन कम्पनीकाे शेयर सकारात्मक सर्किट लेभलमा कारोबार



काठमाडौं । बुधबार नेप्से परिसूचकमा दोहोरो अंककाे गिरावट आएको छ । आज नेप्से १२‍‍.८१ अंकले घटेर एक हजार ८ सय ४५ दशमलब ५२विन्दुमा पुगेर बन्द भएको हो । आज सेन्सेटिभ इण्डेक्स २.६६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६५ अंक घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९३ अंक घटेको छ।

आज पुँजीबजारमा गिरावट आएपनि कारोबार रकममा भने सुुधार देखिएको छ । आज ६४ करोड ३६ लाख ७ हजार रुपैंया बराबरको कारोबार भएको छ । आज कारोबार भएका २१६ कम्पनीमध्ये २३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १५८ वटा कम्पनीको शेयरमूल्य घटेको छ। साथै, २ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

यसमध्ये पनि आज तीन कम्पनीको शेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा अभियान लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रोपावर लिमिटेड, सिटिजन्स म्युचुअल फण्ड २ को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

नेप्सेका अनुसार आज पिपुल्स पावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य करिब ७ प्रतिशतले घटेको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सोल्टी होटलको भएको छ । यसको आज ३ करोड ७२ लाख १२ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : 19 October, 2022 3:44 pm