काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको व्यवस्थापनमा रहेका दुई म्युचुअल फण्डमध्ये एउटाले मात्रै चालु वर्ष लगानीकर्तालाई लाभांश वितरण गर्ने भएको छ। क्यापिटलको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट ग्लोबल आइएमई ब्यालेन्सड फण्ड–१ का इकाइधनीलाई १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश करसहित कुल १२ करोड ३० लाख ९१ हजार ६३२ रुपैयाँ बराबर रहेको छ। योजनाको बुक क्लोज मिति भने पछि सार्वजनिक गरिने क्यापिटलले जनाएको छ। यता, ग्लोबल आइएमई क्यापिटलले व्यवस्थापन गरिरहेको ग्लोबल आइएमई समुन्नत योजना–२ ले भने यस वर्ष लगानीकर्तालाई लाभांश नदिने भएको छ।

बाह्य लेखापरीक्षण सम्पन्न भएपछि क्यापिटलले दुवै योजनासम्बन्धी निर्णयबारे ८८नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज ९नेप्से० र सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)८८लाई औपचारिक जानकारी गराएको जनाएको छ।
यससँगै ग्लोबल आइएमई क्यापिटलअन्तर्गतका दुई योजनामध्ये ब्यालेन्सड फण्ड–१ का इकाइधनीले मात्रै यस वर्ष प्रतिफल प्राप्त गर्ने भएका छन्।











Comment