नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने अन्तिम दिन आज, कतिले दिए आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने अन्तिम दिन आज, कतिले दिए आवेदन ?



काठमाडौं। आज नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने अन्तिम दिन रहेको छ। सेबोनले गत असोज २ गते ३० दिनको समयसीमा दिएर नयाँ ब्रोकर लाइसेन्सको आवेदन खुला गरेको थियो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कम्पनीहरुले माग गरेका नयाँ ब्रोकर लाइसेन्सको सिफारिस आज नेपाल धितोपत्र बोर्ड (सेबोन)मा पठाउने भएको छ।

ब्रोकर लाइसेन्सका लागि सिफारिस माग्ने कम्पनीहरु ३८ वटा पुगेका छन् । जसमा भोले गणेश सेक्युरिटिज लिमिटेड,क्यापिटल म्याक्स, सेक्युरिटिज प्रालि, कलश सेक्युरिटिज प्रालि, हिमालयन ब्रोकरेज कम्पनी, एनएमबी सेक्युरिटिज लिमिटेड,केबीएल सेक्युरिटिज लिमिटेड, प्रोपर्टी बिजार्ड लिमिटेड, सेयरप्रो सेक्युरिटिज लिमिटेड,माछापुच्छ्रे सेक्युरिटिज प्रालि रहेका छन् ।

त्यसैगरी, एनआईसी एसिया सेक्युरिटिज लिमिटेड, सन सेक्युरिटिज प्रालि,पाही इन्भेस्टमेन्ट लिमिटेड, मियो सेक्युरिटिज प्रालि, मेगा स्टक ब्रोकर लिमिटेड, एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज लिमिटेड, जेबीएनएल सेक्युरिटिज लिमिटेड, इन्डेक्स सेक्युरिटिज लिमिटेड, एसपीएसबी सेक्युरिटिज लिमिटेड, नबिल सेक्युरिटिज लिमिटेड,प्रभु स्टक मार्केट क्यापिटल लिमिटेड, आरबीबी सेक्युरिटिज कम्पनी लिमिटेड, शुभकामना सेक्युरिटिज प्रालि, ट्रेडमो सेक्युरिटिज प्रालि रहेका छन् ।

साथैं, सानिमा सेक्युरिटिज,आकाशभैरव सेक्युरिटिज,हिमालयन सेक्युरिटिज,क्यापिटल हब प्रालि, गरिमा सेक्युरिटिज,स्टक्सकाट्र्स सेक्युरिटिज,हातेमालो फानान्सियल सर्भिसेज प्रालि,सीबीआईएल सेक्युरिटिज, इगल स्टक इक्विटी प्रालि, इन्दिरा सेक्युरिटिज, ब्ल्युचिप सेक्युरिटिज,मिल्की वे सेयर ब्रोकर कम्पनी,सनी सेक्युरिटिज कम्पनी र सजिलो ब्रोकर कम्पनी रहेका छन् ।

धितोपत्र ऐन २०६४ को दफा ५७ को उपदफा २ (ग) को ‘धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्रका लागि निवेदन दिनुपर्ने शीर्षकमा’ मा ‘धितोपत्र बजारको सदस्यता लिएरमात्र व्यवसाय गर्न पाउने तोकिएबमोजिमका व्यवसायीका हकमा सम्बन्धित धितोपत्र बजारको सिफारिसपत्र’ भनिएको छ। त्यसैले नयाँ ब्रोकर लाइसेन्सका लागि नेप्सेको सिफारिस अनिवार्य छ।

प्रकाशित : ३१ आश्विन २०७९, सोमबार १२:४७