यस साता ०.८७ प्रतिशत बढेको पूजीँ बजारमा बैकिङ्ग क्षेत्र कस्तो रह्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

यस साता ०.८७ प्रतिशत बढेको पूजीँ बजारमा बैकिङ्ग क्षेत्र कस्तो रह्यो ?



काठमाडौं । दशै पछिको यो एक सातामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.८७ प्रतिशत बढेको छ । दशै अगाडीको अन्तिम दिन १८५३.७६ विन्दुमा पुगेर बन्द भएको नेप्से, यस साताको पहिलो कारोबार दिनमा १८५४.५७ मा बजार खुलेको थियो ।

साताको पाँचै दिन कारोबार भएको नप्सेमा २२३ वटा कम्पनीको ७४ हजार ८६१ वटा कारोबार भएको छ । जसअनुसार ८६ लाख ८८ हजार ९३६ कित्ता शेयर खरीद बिक्री हुँदा ३ अर्ब ३३ करोड ४८ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

त्यसैगरी, यो साता बढेर उच्च बिन्दु १९०८.५८ सम्म पुगेको नेप्से सबैभन्दा कम १८४८.१३ बिन्दुसम्म झरेको थियो । यसरी हप्ताभरी उत्तरचढाब भएको नेप्से परिसूचक अन्तिम कारोबार दिनमा १८७०.६३ विन्दुमा बन्द भएको छ ।

यो साता नेप्सेमा कारोबार भएका बाणिज्य बैंकहरु :

यो साता नेप्सेमा कारोबार भएका बाणिज्य बैंकहरुमा सबैभन्दा बढी सिटिजन्स इन्टनेशनल बैंकको शेयरमुल्य २.९६ प्रतिशतले बढेर प्रतिकित्ता २०४.९० रुपैंया पुगेको छ । त्यसैगरी एनएमबी बैंकको यस साता कारोबार स्थिर रहेको छ ।

अरु १५ बैंकको यो साता शेयरमुल्य घटेको छ । सबैभन्दा बढी गिरावट हिमालयन बैकको भएको छ । यसको शेयर मुल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यसैगरी घट्ने कम्पनीमा स्ट्यान्डर्ड चार्टर बैंक पनि रहेको छ । यसको ४ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै,एनआईसी एसिया बैंकको ३.१६ प्रतिशतले गिरावट आएको छ भने क्रमश: सिद्धार्थ बैंक , सानिमा बैंक, प्रभु बैंक,एभरेष्ट बैंक,नेपाल बैंक र लक्ष्मि बैंकको शेयर यस साता २ प्रतिशत भन्दा बढीले गिरावट आएको छ । साथै, माच्छपुच्छे बैंक, प्राइम कमर्सियल बैंक,कृषि विकास बैंक, नबिल बैंक,नेपाल एसबीआई बैंक र सनराइज बैंकको यस साता १ प्रतिशत भन्दा बढीले गिरावट आएको छ ।

प्रकाशित : २९ आश्विन २०७९, शनिबार २०:४२