धितोपत्र बोर्डमा जागिरकाे अवसर (सूचनासहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

धितोपत्र बोर्डमा जागिरकाे अवसर (सूचनासहित)



काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)मा विभिन्न पदमा दरखास्त खुलाइएको छ। सेबोनमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत दरखास्त खुलाइएको हो। जसअनुसार निर्देशक, सहायक निर्देशक र वरिष्ठ सहायक पदमा २३ जनालाई जागिर खुलाइएको छ।

सेबोनले निर्देशक पदमा ४ जना, सहायक निर्देशक पदमा १६ जना र वरिष्ठ सहायक पदमा ३ जनाका लागि आवेदन खुला गरेको छ।

इच्छुक उम्मेदवारले आउँदो कात्तिक ७ गतेसम्म सेबोनको ललितपुर खुमलटारस्थित दरखास्त बुझाउन सक्नेछन्। दोब्बर दस्तुर तिरी कात्तिक २४ गतेसम्म दरखास्त दिन सकिनेछ। परीक्षाको किसिम लिखित र अन्तर्वार्ता हुनेछ।

प्रकाशित : 14 October, 2022 11:19 am