राष्ट्र बैंकद्वारा बैंकको मर्जरसम्बन्धी विनियमावली संशोधन,शेयर कारोबार रोक्काको विषय हट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

राष्ट्र बैंकद्वारा बैंकको मर्जरसम्बन्धी विनियमावली संशोधन,शेयर कारोबार रोक्काको विषय हट्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३’मा पाँचौँ संशोधन गर्दै जारी गरेको छ । बैंकले चौथो संशोधनका केही दफामा हेरफेर गर्दै पाँचौँ संशोधन गरी विनियमावली जारी गरेको हो ।

पाचौ संशोधनले बैंकहरु एक आपसमा मर्ज हुँदा शेयर कारोबार रोक्का हुने समबन्धित विषय हटाएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्नेसम्बन्धी राष्ट्र बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेज गरी धितोपत्र बोर्डको नियमनबमोजिम हुने व्यवस्था मिलाइने उल्लेख थियो । सोहि अनुसार राष्ट्र बैंकले नियमावली नै संशोधन गरेर नीतिगत ब्यबस्था गरेको छ ।

त्यसैगरी, पाचौ संशोधनले मर्जर सम्झौता गरेपछि सैदान्तिक सहमति माग गर्दा नेपाल धितोपत्र विनिमय बजार लिमिटेडबाट गाभ्ने गाभिने वा लक्षित संस्थाको शेयर कारोवार रोक्का गरिएको पत्र चाहिने ब्यबस्था खारेज गरेको छ । अब बैंकहरुले मर्जर सम्झौता गरेपछि कारोबार रोक्का गरिएको पत्र पेश गर्नु पर्ने छैन ।

प्रकाशित : २७ आश्विन २०७९, बिहीबार १७:३२