आयोजना प्रभावित स्थानीयका लागि बाराही हाइड्रोपावरको आईपीओ आउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

मुख्य समाचार

आयोजना प्रभावित स्थानीयका लागि बाराही हाइड्रोपावरको आईपीओ आउँदै



काठमाडौं। बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आगामी कात्तिक ४ गतेबाट आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ जारी गर्न लागेको हो।

कम्पनीले १०० अंकित दरका कुल २ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्ने जनाएको छ । यसमा बागलुङ जिल्लाको जैमिन नगरपालिका वडा नं. १, ४ र ५ साविक कुस्मीसेरा, सकुवा र विनामारे गाविकासका तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानीयले खरिद आवेदन दिन सक्नेछन्।

यो आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट खरिद आवेदन दिन सक्नेछन्। एनएमबि बैंकको कुश्मीसेरा शाखा, कुमारी बैंकको पर्वतस्थित फलेवास शाखा, ग्लोबल आइएमई बैंकको कुश्मीसेरा शाखा र गरिमा विकास बैंकको बागलुङ ट्राफिकचोक शाखाबाट पनि खरिद आवेदन सकिनेछ।

यो आईपीओको निष्कासन बन्द छिटोमा कात्तिक १८ गते हुने र यो अवधिसम्म मागबमोजिमको आवेदन नपरेमा मंसिर ४ गतेसम्म आईपीओ बिक्री खुला गरिनेछ।

बाराही हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित : २७ आश्विन २०७९, बिहीबार १२:१६