शेयर बजारमा ११.३६ अंकको बृद्धि, कारोबार रकममा पनि सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

शेयर बजारमा ११.३६ अंकको बृद्धि, कारोबार रकममा पनि सुधार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले बढेको छ । आज नेप्से ११.३६ अंकले बढेर एक हजार ८ सय ६६ दशमलब ४६ विन्दुमा पुगेर बन्द भएको हो । आज सेन्सेटिभ इण्डेक्स २.४८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८१ अंक बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स १.०३ अंक बढेको छ।

त्यस्तै, आज शेयर बजार बढेसंगै कारोबार रकम पनि बढेको छ। आज नेप्सेमा ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा ५५ करोड २८ लाख बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका २२३ कम्पनीमध्ये १५८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८ वटा कम्पनीको शेयरमूल्य घटेको छ। साथै, ७ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

यसमध्ये पनि आज एक कम्पनीको शेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा अभियान लघुवित्त वित्तिय संस्थाको शेयर १० प्रतिशतले बढेर प्रतिकित्ता ६०७.२० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज एभरेष्ट बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९.८३ प्रतिशतले घटेको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज २ करोड ४० लाख ११ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २६ आश्विन २०७९, बुधबार १५:१८