नबिल ब्यालेन्स्ड फण्ड-२ र नलिब इक्वीटी फण्डको सेयर कारोबार रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नबिल ब्यालेन्स्ड फण्ड-२ र नलिब इक्वीटी फण्डको सेयर कारोबार रोक्का



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २ वटा स्टकको कारोबार रोक्का गरेको छ । नेप्सेले नबिल बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्ड र नबिल ब्यालेन्स्ड फण्ड २ को कारोबार रोक्का गरेको हो ।

यी २ वटा स्टकले धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नियम पालना नगरेको भन्दै नेप्सेले कारोबार रोक्का गरेको छ । दुवै स्टकले लाभांश घोषणा गरेको सूचना ढिलो दिएका भन्दै नेप्सेले कारबाही गरेको हो ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको असोज २५ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले नबिल इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ५ प्रतिशत र नबिल ब्यालेन्स्ड फण्ड २ का इकाईधनीहरूलाई करसहित ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

प्रकाशित : २६ आश्विन २०७९, बुधबार १४:५५