नागरिक लगानी कोषको बोनस शेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नागरिक लगानी कोषको बोनस शेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ९८ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । बुधबार नागरिक लगानी कोषको ३० प्रतिशतले हुन आउने ९८ लाख १० हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

नागरिक लगानी कोषले आर्थिक बर्ष २०७७/०७८ मा आफ्ना सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो। सोहि बोनस शेयर सुचिकृत भएको हो ।

प्रकाशित : २६ आश्विन २०७९, बुधबार १४:०४