नबिल ब्यालेन्स्ड फण्ड–२ र नलिब इक्वीटी फण्डको लाभांश घोषणा, बुक क्लाेज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नबिल ब्यालेन्स्ड फण्ड–२ र नलिब इक्वीटी फण्डको लाभांश घोषणा, बुक क्लाेज कहिले ?



काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश घोषणा गरिएको छ। योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङको मंगलबार बसेको बैठकले नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल इक्विटी फन्डको आर्थिक वर्ष २०७८/७९ का लागि प्रतिफल घोषणा गरेको हो।

बैठकले नबिल ब्यालेन्स्ड फन्ड–२ का इकाइधनीहरुलाई ७ प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ। जसअनुसार इकाइधनीहरुलाई कुल ७ करोड ८४ लाख रुपैयाँ प्रतिफल वितरण गरिनेछ।

यसैगरी बैठकले नबिल इक्विटी फन्डका इकाइधनीहरुलाई ५ प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ। जसअनुसार इकाइधनीहरुलाई कुल ६ करोड २५ लाख रुपैयाँ प्रतिफल वितरण गरिनेछ।

यी दुवै योजनाका प्रतिफल वितरणार्थ कम्पनीले आगामी कात्तिक १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले कात्तिक १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी दुवै योजनाको प्रतिफल पाउन योग्य हुनेछन्।

प्रकाशित : २६ आश्विन २०७९, बुधबार १३:०७