नेप्से परिसूचक दोहोरो अंकले घट्यो, कारोबार रकम ५५ करोडमा सिमित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, कारोबार रकम ५५ करोडमा सिमित



काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से १६.०६ अंकले घटेर एक हजार ८ सय ५५ दशमलब १६ विन्दुमा पुगेर बन्द भएको हो । आज सेन्सेटिभ इण्डेक्स ३.२१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १ अंक घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८८ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब १ अर्बको कारोबार भएको बजारमा आज ५५ करोड २८ लाख ९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आज कारोबार भएका २२९ कम्पनीमध्ये ३३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १४२ वटा कम्पनीको शेयरमूल्य घटेको छ। साथै, ९ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

यसमध्ये पनि आज दुई कम्पनीको शेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा समिट लघुवित्त वित्तीय संस्थाको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९२९.५० रुपैयाँ पुगेको छ भने, अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ५५२ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज विन्ध्यावासिनी हाइड्रोपावर लिमिटेडको लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७.१८ प्रतिशतले घटेको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढीनबिल बैंकको भएको छ । यसको आज ३ करोड १० लाख ९ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २५ आश्विन २०७९, मंगलवार १५:४३