काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा वापतको चालु आर्थिक वर्षको दोस्रो पटकको पैसा भुक्तानी गरेको छ । बोर्डले दोस्रो पटक ६६ करोड ८१ लाख ५५ हजार ६८८ रुपैयाँ दावी भुक्तानी गरेको हो ।
बोर्डको असोज १४ गते बसेको बैठकले सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकम पूर्ण तथा आंशिक पेस्की फर्छ्यौट गर्ने निर्णय गरेको थियो ।
बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको शुरुवातदेखि हालसम्म स्वास्थ्य बीमा वापतको २४ अर्ब रुपैयाँ भन्दाबढि दावी भुक्तानी गरिसकेको छ ।
गत आवसम्म स्वास्थ्य बीमा वापतको २१ अर्ब रुपैयाँ दावी भुक्तानी गरेको थियो । यसअघि गत भदौ महिनामा पहिलो पटक २ अर्ब ६७ करोड ११ लाख ६४ हजार ७४८ रुपैयाँ दावी भुक्तानी गरेको थियो ।
Comment