नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकममा सामान्य सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकममा सामान्य सुधार



काठमाडौं । सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से २७.१६ अंकले घटेर एक हजार ८ सय ७१ दशमलब २३ विन्दुमा पुगेर बन्द भएको हो । आज सेन्सेटिभ इण्डेक्स ५.३६ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०६ अंक घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स २.२९ अंक घटेको छ।

त्यस्तै, आज शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार आएको छ । आज नेप्सेमा ९७ करोड १७ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार ८३ करोड ६८ लाख ७३ हजार रुपैंया बराबरको कारोबार भएको थियो।

आज कारोबार भएका २३३ कम्पनीमध्ये १९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६४ वटा कम्पनीको शेयरमूल्य घटेको छ। साथै, २ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

यसमध्ये पनि आज एक कम्पनीको शेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा अभियान लघुवित्त वित्तिय संस्थाको शेयरमुल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५०१.९० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज गरिमा डेभेन्चर २०८५ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ८.१३ प्रतिशतले घटेको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड प्रोमोटर शेयरको भएको छ । यसको आज १६ करोड ५८ लाख ७७ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २४ आश्विन २०७९, सोमबार १५:२४