शेयर बजार १५.९२ अंकले बढ्दा, कारोबार रकम भने ६६ करोडमा सिमित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शेयर बजार १५.९२ अंकले बढ्दा, कारोबार रकम भने ६६ करोडमा सिमित



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज मंगलबार दोहोरो अंकले बढेको छ । आज नेप्से १५.९२ अंकले बढेर एक हजार ८ सय ३१ दशमलब ०६ विन्दुमा पुगेर बन्द भएको हो । आइतबार नेप्से २३.८३ अंकले घटेर एक हजार ८ सय १५ दशमलव १३ विन्दुमा बन्द भएको थियो ।

आज सेन्सेटिभ इण्डेक्स २.५४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.४३ अंक बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स १.११ अंक बढेको छ।

त्यस्तै, आज शेयर बजार बढेपनि कारोबार रकम आइतबारको तुलनामा घटेको छ । आज नेप्सेमा ६६ करोड ३० लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा एक अर्ब ७ करोड २४ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका २२९ कम्पनीमध्ये १५२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने २७ वटा कम्पनीको शेयरमूल्य घटेको छ। साथै, ६ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

यसमध्ये पनि एक कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमुल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता १३०८.९० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज गरिमा डिबेञ्चरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ। त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावरको भएको छ । यसको आज २ करोड ८५ लाख ३१ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : 27 September, 2022 3:28 pm