हिमाल दोलखा हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

हिमाल दोलखा हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त



काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ बराबर ०.७५ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो ।

कम्पनीले हकप्रद सेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १ करोड २० लाख कित्ता बिक्री गर्नेछ ।

हाल कँम्पनीको चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड पुग्ने छ ।

हकप्रद सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त गर्दै हाइड्रोपावरको तर्फबाट अध्यक्ष रन्जना दाहाल र बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित : ११ आश्विन २०७९, मंगलवार ११:०९