नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रिमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रिमा



काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ। बैंकले २६ हजार २५२ कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको हो ।

यसमा बैंकका विद्यमान अन्य संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले मंगलबाट ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय रत्ननगर १, टाँडी, चितवनमा खरिद गर्न चाहेको कित्ता खुलाई निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको समयमा संस्थापक शेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई शेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

प्रकाशित : ४ आश्विन २०७९, मंगलवार १०:५५