सनी सेक्यिुरिटिजको वार्षिक साधारण सभा असोज २३ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सनी सेक्यिुरिटिजको वार्षिक साधारण सभा असोज २३ गते



काठमाडौं । सनी सेक्यिुरिटिज कम्पनी लिमिटेडले असोज २३ गते आइतबार वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले सभा कम्पनीको रजिष्ट्रर कार्यालय, काठमाडौंमा दिउँसो ३ बजेबाट गर्ने तय गरेको हो।

सभाले बोनस र हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव रहेको छ भने बोनस सेयर पश्चात कायम हुने पुँजीको १ः२ अनुपातमा हकप्रद सेयर जारी गर्ने पनि प्रस्ताव रहेको जनाएको छ ।

साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी विषयमा छलफल गर्ने प्रस्ताव छ । यस्तै, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ ।

प्रकाशित : ३ आश्विन २०७९, सोमबार १४:०७