काठमाडाैं । हाम्रो बचत तथा ऋण सहकारी संस्थाले शैक्षिक सम्मान, जेष्ठ सदस्य सम्मान तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा १०७ जना विद्यालय तह देखि एमफिल सम्म तथा इञ्जिनियरिङ, एम डि लगायतका विषयमा शैक्षिक उपाधि प्राप्त गरेका शेयर सदस्य तथा सदस्यका छोरा छोरी सम्मानित भएका छन् । सबै तहमा उत्कृष्ट अंक हासिल गर्ने सदस्यका छोराछोरीलाई नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गरिएकाे हाे ।
सोही अवसरमा संस्थाका ६८ वर्ष माथिका जेष्ठ सदस्यहरुलाई समेत सम्मान गरिएको छ । कार्यक्रममा संस्थाको वर्तमान अवस्था र कार्ययोजना प्रमुख कार्यकारी अधिकृतले र वित्तीय साक्षरता सम्बन्धि प्रस्तुति सहकारी प्रशिक्षक तेजप्रसाद बजगाईंले गरेका थिए ।
कार्यक्रममा ललितपुर बचत तथा ऋण सहकारी संघका नवनिर्वाचित अध्यक्ष रामहरि बजगाइँलाई सम्मान गरियो । कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सहकारी संघका अध्यक्ष एवम संस्थाकम सल्लाहकार रामशरण शर्मा घिमिरेले हाम्रो साकोसले ललितपुर जिल्लामा धेरै सहकारी संस्था संगको संस्थागत सम्बन्ध र अभियानका गरेको योगदान र सुशासनका बारेमा अन्य संस्थालाई समेत प्रेरित गरेको बताए ।
संस्थाका अध्यक्ष शम्भु प्रसाद फुयाँलले सस्तो लोकप्रियता भन्दा सुशासन र संस्थागत दिगोपनमा ध्यान दिन र यसका लागि सदस्यलाई संस्थामा नियमित उपस्थित भई सुझाव दिन अनुरोध गरेका थिए ।
Comment