नयाँबानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन महानगरपालिकाले चलायो डोजर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नयाँबानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन महानगरपालिकाले चलायो डोजर



काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ । अतिक्रमण गरि बनाइएका संरचना र पार्किङ हटाउन महानगरले पटकपटक गरेको आग्रहलाई वेवास्ता गरिएको भन्दै महानगरले डोजर चलाएको हो ।

संसदबाट माइतीघर जानेतर्फको सडकमा फुटपाथ अतिक्रमण गरेको भन्दै महानगरले डोजर चलाएको हो ।
महानगरपालिकाले यो महिनाभर नै अनधिकृत संरचना हटाउने अभियान चलाउँदै आएको छ । यसअघि भूमिगत पार्किङ र फुटपाथ व्यापार हटाउने अभियान बानेश्वरबाटै सुरू भएको थियो ।

भिडियो साभारः विजय दमासेको फेसबुकबाट

प्रकाशित : ३१ भाद्र २०७९, शुक्रबार १३:३३