अब बैंकहरुले आफु अनुकुल ब्याजदरबारे निर्णय लिन पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अब बैंकहरुले आफु अनुकुल ब्याजदरबारे निर्णय लिन पाउने



काठमाडाैं । कमर्शियल बैंकहरुबीच ब्याजदरबारे कायम ‘भद्र सहमति’ हटेको छ। कमर्शियल बैंकहरुको सीइओहरुको छाता संगठन नेपाल बैंकर्स संघ ‘एनबिए’ को कार्यसमितिको आज बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो।

उक्त निर्णयअनुसार अब राष्ट्र बैंकको निर्देशनभित्र रहेर बैंकहरुले आफुअनुकुल ब्याजदरबारे निर्णय लिन पाउनेछन। असोज महिनादेखि बैंकहरुले आफूखुसी ब्याजमा निर्णय गर्न सक्ने गरी संघले पूर्वसहमतिबाट पछि हटेको हो ।

तर, राष्ट्र बैंकको निर्देशनअनुसार अघिल्लो महिनाको भन्दा १० प्रतिशतसम्मले मात्रै ब्याजदर बढान सकिने छ ।

जसअनुसार अब व्यक्तिगत निक्षेपको ब्याजदर १२.१३ प्रतिशत पुगेको छ । त्यस्तै संस्थागत मुद्दति निक्षेपको ११.१३ र रेमिट्यान्स मुद्दति निक्षेपमा १३.१३ प्रतिशत ब्याजदर दिन पाउने छन् ।

प्रकाशित : ३० भाद्र २०७९, बिहीबार १२:४२