एकैदिन बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ७ अर्बले बढ्याे, सीडी रेसियाे कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एकैदिन बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ७ अर्बले बढ्याे, सीडी रेसियाे कति ?



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन एकैदिनमा ७ अर्ब रुपैंयाले बढेको छ । राष्ट्र बैंकका अनुसार भदौ २१ गते ५० खर्ब ४० अर्ब रूपैयाँ रहेका बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकैदिनमा ७ अर्ब रुपैंयाले बढेर भदौ २२ गते बुधबारसम्म कुल निक्षेप ५० खर्ब ४७ अर्ब रुपैयाँ पुगेको हो ।

यस अबधिमा बाणिज्य बैंकहरुको निक्षेप संकलन पनि बढेको छ । बाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैंयाले बढेर ४४ खर्ब ४८ अर्ब रुपैंया पुगेको छ ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि बढेको छ । कर्जा लगानी २ अर्बले बढेर ४७ खर्ब १६ अर्ब रूपैयाँ पुगेको छ । यस अबधिमा वाणिज्य बैंकहरूको कर्जा लगानी पनि एक अर्बले बढेर ४१ खर्ब ८१ अर्ब रूपैयाँ पुगेको छ ।

बैंकहरूको निक्षेप संकलन बढ्दा सिडी रेसियो भने केहि घटेको छ । बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८८.२१ प्रतिशतबाट घटेर ८८.१३ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : २६ भाद्र २०७९, आईतवार १७:११