कुमारी बैंकको १८ हजार ९३२ कित्ता संस्थापक सेयर बिक्रिमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

कुमारी बैंकको १८ हजार ९३२ कित्ता संस्थापक सेयर बिक्रिमा



काठमाडौ । कुमारी बैंकले १८ हजार ९३२ कित्ता संस्थापक सेयर बिक्रि गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनी महेश सिंहले १७ हजार ९३२ र ललित बहादुर केसीले १ हजार कित्ता सेयर आज आइतबारदेखि बिक्रीमा ल्याएका हुन् ।

सेयरको मुल्य बिक्रेताले तोके बमोजिम हुने जनाइएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आइतबारबाट ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । उक्त समयभित्र संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

प्रकाशित : २६ भाद्र २०७९, आईतवार ११:४१