बैंकहरुबीच निक्षेप तान्ने होडबाजी, राष्ट्र बैंक भन्छ-‘अवस्था हेरेर हस्तक्षेप गर्न सक्छौँ’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंकहरुबीच निक्षेप तान्ने होडबाजी, राष्ट्र बैंक भन्छ-‘अवस्था हेरेर हस्तक्षेप गर्न सक्छौँ’



काठमाडौं । पछिल्लो समय पनि नेपाली बैंकिङ क्षेत्रमा तरलता संकट कायमै छ। लगानीयोग्य रकमको अभावमा बैंकहरु छन्।

तरलता संकटसँग जुधिरहेका बैंकहरुले जनताबाट निक्षेप तान्न अनेक जुक्ति लगाइरहेका छन्। बैंक तथा वित्तिय संस्थाहरुले प्रतिस्पर्धाको रुपमा मुद्धति निक्षेपका विभिन्न योजनाहरु ल्याएका छन् । धेरैजसो बैंक तथा वित्तिय संस्थाले मुद्धति जम्मा गरेको रकम तोकिएको समय पश्चात दोब्वर देखि १० गुणासम्म प्राप्त गर्न सकिने योजनाहरु ल्याएका छन् ।

कोभिड महामारी पछिको बढ्दो मुद्रास्फीतिले आम नेपालीहरुको जीविका खर्चिलो हुनपुगेको र जस्ले गर्दा उनीहरुले कम ब्याजदरमा बचतगर्न अरुची देखाईरहेको अवस्थामा बैंकहरुले छोटो समयमा नै निक्षेप दोब्बर देखि १० गुणा हुने प्रभावकारी एवं समयसापेक्ष बचत योजना ल्याएको बताउछन् । यस्तो प्रतिस्पर्धाले भोलीका दिनमा बैंकिङ्ग क्षेत्र तथा बचतकर्तामा कस्तो परिस्थिती सिर्जना गर्ला भन्नेतिर ध्यान गएको भने देखिदैन् ।

बजारमा तरलताको अभाव छ बैकिङ्ग प्रणालीमा जे जति रकम छ त्यसमा आकर्षण केही दिन सक्यो भने त्यो रकम आफ्नो संस्थामा आउन सक्छ भन्ने उद्देश्यका साथ कसैले तीन वर्ष ८० दिनमा डबल हुन्छ भन्ने, कसैले ६ वर्षमा तेबर हुन्छ भन्ने जस्ता स्किमहरु ल्याएको राष्ट्र बैंकका पुर्ब गर्भनर देबेन्द्र बहादुर क्षेत्री बताउछन् ।

उनले भने, ‘यो एक प्रकारको आफ्ना ग्राहकबाट निक्षेप तान्ने प्रतिस्पर्धा हो । एकथरीले के भनेका छन् भने मनिटरि गेनको अतिरिक्त सुविधाहरुमा कार्डहरू फ्रिमा दिने, यति लाख बराबरको इन्स्योरेन्स दिने जस्ता स्किमहरु ल्याएका छन् ।’ यो भनेको बेल तथा वित्तीय संस्थाहरुले स्किमहरु संकलन गर्नका लागि ल्याएका आकर्षक योजनाहरु हुन् ।

उनले अर्गनाईजेसनसंग प्रतिबद्ध रहेका कारण बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप बढाउन सकेनन् । जसले गर्दा यस्तो स्किम ल्याएको बताए । यस्ता किसिमको योजनाहरुले बैंक तथा वित्तीय संस्थाहरुमा जोखिम नल्याउने उनी बताउँछन् ।

संस्थाहरुले संकलन गरेको रकमको फिर्ता कति हुन्छ , ग्राहकहरुसँग दिएको रकमबाट भन्ने कुरा हिसाब गरेरै दिनुभएको उनी बताउछन् । पछि एकमुष्ट रकम सबैले लिन आउने भन्ने कुरा बैंक तथा वित्तीय संस्थाहरुमा हुँदैन त्यसका लागि राष्ट्र बैंक खडा रहेको जनाउँदै जोखिम भन्दापनि प्रतिस्पर्धा रहेको उनको भनाई छ । पछिल्लो समय मुद्धती निक्षेपको योजना अलि आक्रामक रुपले बढेको देखिएको भन्दै उनले यसलाई ‘ज्वरो आउने बेलाको सिमटम’ जस्तै रहेको उदाहरण दिए ।

यस्ता स्किमहरु ल्याउने गरिमा विकास बैंकले ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने ‘गरिमा मालामाल मुद्धती योजना’ ल्याएको छ । महामारी पछिको बढ्दो मुद्रास्फीतिले आम नेपालीहरुको जीविका झनै खर्चिलो हुनपुगेको छ । जस्ले गर्दा उनीहरु कमब्याजदरमा बचत गर्न अरुची देखाईरहेको अवस्थामा यस विकास बैंकले छोटो समयमा नै निक्षेप दोब्बर र तेब्बर हुने प्रभावकारी एवं समयसापेक्ष बचत योजना सार्वजनिक गरेको हो ।

त्यसैगरी, ज्योति विकास बैंकले ७१ महिनामै पैसा दोब्बर हुने योजना सार्वजनिक गरेको छ । बैंकले “ज्योति दुई गुणा डिपोजिट” मुद्धती योजना ल्याएको छ । उक्त योजना अन्तर्गत ग्राहकहरुले ५ वर्ष ११ महिनामै जम्मा गरेको रकमको दुई गुणा रकम प्राप्त गर्छन्। व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस मुद्धती खातामा न्यूनतम १० हजार जम्मा गरि खाता खोल्न सकिने भनिएको छ ।

मुक्तिनाथ विकास बैंकले व्यक्तिगत मुद्धती खातामा न्यूनतम पाँच लाख मौज्दात राखेर मुद्धती खाता खोल्ने ग्राहकले आफ्नो लागि १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, दुई लाख रुपैयाँको घातक रोग बीमा र ५० हजार रुपैयाँको आवधिक जीवन बीमा साथै खातावालाको परिवारको कुनै एउटा सदस्यको समेत १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउने योजना ल्याएको छ । त्यसैगरी, सिभिल बैंकको पनि विभिन्न आर्कषक मुद्धति योजनाहरुमा दोब्बर तेब्बर पाईने योजनाहरु ल्याएका छन् ।

गरिमा विकास बैंकले ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने ‘गरिमा मालामाल मुद्धती योजना’ सार्वजनिक गरेका छन् । साथै, सिटिजन्स आकर्षक मुद्धती योजना ‘सिटिजन्स चिरायु मुद्धती योजना’ तथा ‘रेमिटेन्स चिरायु मुद्धती योजना’ खाता स्किम ल्याएको छ ।

यसमा ग्राहकहरूले १३ वर्ष ४ महिना देखि २२ बर्ष १ महिनासम्म मुद्धती खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एक मुष्ट रुपमा चार गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउने छन् । तथा रेमिटेन्स चिरायु मुद्धती योजना ग्राहक महानुभावहरूले १२ वर्ष ३ महिना देखि २० बर्ष ३ महिनासम्म मुद्धती खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एक मुष्ट रुपमा चार गुणादेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउने भनिएको छ । यस्ता थुपै बैकहरु छन् जसले नयाँ नयाँ स्किमहरु ल्याएका छन् ।

के भन्छ राष्ट्र बैंक ?

फिक्स डिपोजिटमा मानिसहरुले रकम ९० देखि २ बर्षसम्म सामान्यतया राख्छन् । तर, लामो समयपछि यसको व्याजदर कता जाला भन्ने कुरामा कोहि जानकार छैनन् । जसले गर्दा अहिले बैंक तथा वितिय संस्थाले १२ प्रतिशतमा ब्याज पाउने गरी संस्थाले यस्ता योजना ल्याएको राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पोख्रेलले बताए ।

उनले यसमा भोलि ब्याजदर बढेर १८ प्रतिशत भयो भनेपनि ग्राहकले त्यो फाइदा लिन पाउदैनन् । अर्को कुरा बैंकहरुले लामोसमयको लागि दायित्व सिर्जना गर्ने निति लिए भने भोलि त्यो निक्षेप परिपक्क हुने समयमा बैकहरुले तरलताको व्यवस्थापन गरेर बस्नुपर्ने बताए ।

त्यसैगरी बैंकहरुले प्रोडक्ट डिजाईन गरेका छन जसले गर्दा अहिले राष्ट्र बैंकको तर्फबाट यसलाई रोकतोक गर्दा नमिल्ने भन्दै पोख्रेलले एकै किसिमको दायित्व एउटै पोर्टफोलियोमा ठुलो आकार लियो भने त्यसले पार्नसक्ने प्रभाव बारे आगामी दिनमा राष्ट्र बैंकले अध्ययन गर्नुपर्ने लगाएतका निर्देशन जारी गर्न पर्ने स्थिति आउने बताए । उनले भने, ‘तर अहिले तत्कालका लागि भने त्यस विषयमा केहि छलफल भएको छैन ।’

प्रकाशित : २६ भाद्र २०७९, आईतवार ०७:५९