एशियन लाइफको एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

एशियन लाइफको एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्री गर्ने भएको छ । केही संस्थापकहरुको नाममा रहेको एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

संस्थापकहरुले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न निवेदन दिएपछि कम्पनीले बीमकको संस्थापक शेयर कारोबार सम्बन्धि निर्देशक २०७७ अनुसार बिक्री प्रकृया अघि बढाउने निर्णय गरेको कम्पनीले जनाएको छ ।

उक्त संस्थापक शेयर खरिद गर्न इच्छुक हाल कायम संस्थापक शेयरधनीलाई प्राथमिकता दिइने जनाएको छ । त्यस अनुसार कुनै संस्थापक शेयरधनीले १५ दिन भित्र आवश्यक कागजपत्र पेश गरी शेयर खरिदको लागि आवेदन दिनु पर्नेछ ।

प्रकाशित : २२ भाद्र २०७९, बुधबार १२:११