प्राइम कमर्सियल बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

प्राइम कमर्सियल बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत



काठमाडौं । प्राइम कमर्सियल बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। नेप्सेमा प्राइम कमर्सियल बैंकको ‘१०.१५ प्रतिशत प्राइम डिबेन्चर–२०८४’ सूचीकृत भएको हो।

यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ सूचीकृत भएको छ। प्राइम बैंकको यो ऋणपत्र ५ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १०.१५ प्रतिशत ब्याज पाउँछन्।

बैंकको यो ऋणपत्रको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको थियो।

प्रकाशित : २१ भाद्र २०७९, मंगलवार १६:००