खप्तड लघुवित्तको आइपीओ बाँडफाँट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

मुख्य समाचार

खप्तड लघुवित्तको आइपीओ बाँडफाँट



काठमाडौं । खप्तड लघुवित्तको आइपीओ आज सोमबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल १२ हजार ३४० जना सर्वसाधारण लगानीकर्ताहरुले १० कित्ताका दरले सेयर पाएका हुन् ।

आइपीओमा रितपूर्वक आवेदन दिएका कुल १७ लाख ८३ हजार ७४ जनालाई गोलाप्रथामा समावेश गराइएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानएको छ ।

खप्तडले भदौ ८ गतेबाट १२ गतेसम्म कुल १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । योमध्ये ५ प्तिशत अर्थात् ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशत अर्थात् २ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १ लाख २३ हजार ४०० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

प्रकाशित : २० भाद्र २०७९, सोमबार १०:४९