कांग्रेस नेता बामदेव अधिकारी धादिङ क्षेत्र नं २ (क)बाट प्रदेशसभामा सिफारिस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

कांग्रेस नेता बामदेव अधिकारी धादिङ क्षेत्र नं २ (क)बाट प्रदेशसभामा सिफारिस



धादिङ । नेपाली कांग्रेसका युवा नेता एवम संचारकर्मी बामदेव अधिकारी धादिङ क्षेत्र नं २ (क)बाट प्रदेशसभा सदस्यका लागि सिफारिस भएका छन् । अधिकारीलाई धादिङ क्षेत्र नं २ (क)बाट प्रदेशसभा समितिले आगामी मंसिर ४ मा हुने प्रदेशसभा निर्वाचनका लागि सिफारिस गरेको हो ।

नेपाली कांग्रेसको भादृ संस्था नेपाल विद्यार्थी संघबाट राजनीति थालेका अधिकारी बाल्मिकी क्याम्पसको इकाई अध्यक्ष, विश्वविद्यालय अध्यक्ष, धादिङ–काठमाडौं सम्पर्क समितिको अध्यक्ष, नेविसंघ जिल्ला कार्यसमितिको तीन पटकसम्म सदस्य भइसकेका छन् ।

त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयबाट स्नाकोत्तर हासिल गरेका अधिकारी केही बर्ष अघि भावी नेपाल साप्ताहिक पत्रिकाको सम्पादक समेत थिए । हाल उनी राजनीतिसँगै कृषि फार्म संचालन गरेर कृषिमा आत्मनिर्भर बनेका छन् । उनले संचालन गरेको कृषि फार्म धादिङमा पर्यटकीय दृष्टिकोण र पेसाका हिसाबले नमूना बनेको छ ।

प्रकाशित : १७ भाद्र २०७९, शुक्रबार ११:३६