पिपुल्स पावरको आइपीओ बाँडफाँट, कतिले पाए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

पिपुल्स पावरको आइपीओ बाँडफाँट, कतिले पाए ?



काठमाडौं । पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको शेयर आइतबार बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादीमा बाँडफाँट भएको हो ।

मागभन्दा बढी आवेदन पारेकाेले गोलाप्रथाबाट २ लाख २९ हजार ४६८ जनालाई न्युनतम १० कित्ताको दरले २२ लाख ९४ हजार ६८० कित्ता शेयर वितरण गरिएको छ । यसमध्ये २ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

पिपुल्स पावरले साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरले कुल २४ लाख ६७ हजार ४०० कित्ता सेयर निष्कासन गरेको थियो । जसमध्ये २५ अर्थात ४९ हजार ३४८ कित्ता सेयर कम्पनीका कर्मचारी र ५५ अर्थात १ लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको थियो । बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

आइपीओको नतिजा बिक्री प्रबन्धकको र निष्कासनकर्ता पिपुल्ल पावरको वेबसाइटबाट हेर्न सकिनेछ । यस्तै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट बाट पनि नतिजा थाहा पाउन सकिन्छ ।

प्रकाशित : १२ भाद्र २०७९, आईतवार १६:१५