हिमाल दोलखा हाइड्रो पावरले पायो हकप्रद सेयर निष्कासन गर्न आयोगकाे अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

हिमाल दोलखा हाइड्रो पावरले पायो हकप्रद सेयर निष्कासन गर्न आयोगकाे अनुमति



काठमाडौं । हिमाल दोलखा हाइड्रो पावर कम्पनी लिमिटेडले विद्युत नियमन आयोगबाट हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले ७५ प्रतिशत (१ः०.७५ अनुपात) को दरले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो ।

कम्पनीले भदौ ८ गते आयोगमा स्वीकृति मागेको थियो । आयोगले अनुमति दिएसँगै कम्पनीको १३ औं र १४ औं वार्षिक साधारण सभाबाट हकप्रद सेयर निष्कासन पारित हुनेछ ।

जलविद्युत कम्पनीले हकपद जारी गर्ने निर्णय गर्दा नियामक निकाय विद्युत नियमन आयोगबाट स्वीकृति लिएर मात्र साधारण सभाबाट अनुमोदन गराउनुपर्ने हुन्छ । कम्पनीले यहि भदौ ३ गते साधारण सभा आह्वान गरेकोमा गणपूरक संख्या नपुगेपछि पुनः भदौ १९ गते एकैदिन दुई आर्थिक वर्ष ९१३ औं र १४ औं को साधारण सभा आह्वान गरिएको छ ।

प्रकाशित : १२ भाद्र २०७९, आईतवार १४:०२