शुभप्रवा सेभिङ्गको साधारणसभा असोज तीन गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

शुभप्रवा सेभिङ्गको साधारणसभा असोज तीन गते



काठमाडौं । चुच्चेपाटीमा मुख्य कार्यालय रहेको शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभले असोज ३ गते १३ औं वार्षिक साधारण सभा गर्नेभएको छ ।

संस्थाले चावहिलमा रहेको स्मार्ट प्यालेसमा दिउँसो साढे एक बजेबाट कार्यक्रम सुरुहुने सूचना जारी गरेको हो ।

साधारण सभामा संचालक समिति, लेखा सुपरीवेक्षण समिति र लेखा परीक्षकको प्रतिवेदनका साथै संस्थाको विनियम संशोधन, संस्था एकीकरण, कार्यक्षेत्र विस्तार, सदस्य सेवा केन्द्र थप लगायतका महत्वपूर्ण प्रस्तावमाथि छलफल हुने संस्थाले जनाएको छ ।

प्रकाशित : १० भाद्र २०७९, शुक्रबार १६:०४