कालिका लघुवित्तको ४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

कालिका लघुवित्तको ४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा



काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले ४ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थाले संस्थापक धनी शिशिर मिश्रको नाममा रहेको ४ हजार कित्ता संस्थापक सेयर आज बिहीबारदखि बिक्रीमा ल्याएको हो ।

यो सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले संस्थाको केन्द्रीय कार्यालय पोखरा–१०, कास्कीमा सूचना जारी भएको मितिबाट ३५ दिनभित्र निवेदन पेश गर्नुपर्नेछ ।

सो समय भित्र विद्यमान संस्थापकहरुबाट सेयर खरिद गर्न आवेदन प्राप्त नभएमा भने त्यसपछि अन्य व्यक्ति वा संघ संस्थाले पनि आवेदन दिन मिल्न व्यवस्था गरिनेछ ।

प्रकाशित : ९ भाद्र २०७९, बिहीबार १०:२६