खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओ निष्काशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओ निष्काशन



काठमाडौं। खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि आज (भदौ ८ गते)बाट आईपीओ निष्काशन गरेको छ। संस्थाले १०० अंकित दरका कुल १ लाख ३२ हजार कित्ता आईपीओ बिक्री गरेको हो।

कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने २ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार ३२० कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

आईपीओको निष्कासन बन्द छिटोमा भदौ १२ गते बैंकिङ समयपछि हुनेछ। यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा भदौ २२ गतेसम्म आवेदन दिन सकिनेछ। खप्तड लघुवित्तको आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित : ८ भाद्र २०७९, बुधबार १०:५९