राष्ट्र बैंक नयाँ मार्गदर्शन: चालू पुँजी कर्जामा  कडाई, तोकियो २५ र ४० प्रतिशतको सीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्र बैंक नयाँ मार्गदर्शन: चालू पुँजी कर्जामा  कडाई, तोकियो २५ र ४० प्रतिशतको सीमा



काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था तथा पूर्वाधार विकास बैंकहरुलाई चालू पुँजी कर्जाको लागि ‘चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९’ जारी गरेको छ। राष्ट्र बैंकले जारी गरेको मार्गदर्शन आगामी कात्तिक १ देखि लागू हुनेछ। निर्देशनमा राष्ट्र बैंकले चालु पुँजी (वर्किङ क्यापिटल) कर्जामा कडाई गरेको छ । राष्ट्र बैंकले मंगलबार चालू पुँजी कर्जा सम्बन्धी नयाँ मार्गदर्शन जारी गर्दै कडाई गरेको हो ।

चालू पुँजी कर्जाको लागि ऋणीको क्षमताको विश्लेषण त्रुटिपूर्ण र कमजोर हुने गरेको र निरीक्षण तथा सुपरिवेक्षणको क्रममा यस्ता कर्जाको सदुपयोगिता एकीन गर्न समेत कठिन हुने गरेकोले चालू पुँजी कर्जाको सीमा निर्धारण तथा अनुगमन कार्यको मूलभूत विषयमा एकरुपता कायम गर्नु, कर्जा स्वीकृति प्रक्रिया एवं कर्जाको उपयोगलाई पारदर्शी बनाउन र कर्जा सदुपयोगिता एकीन गर्न सकिने आधारभूत पद्धति विकास गर्न यस्तो मार्गदर्शन जारी गरिएको हो।

यसअनुसार २ करोडसम्मको चालू पुँजी कर्जामा फर्मरसंस्थारकम्पनीलाई एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल २ करोड वा सोभन्दा कम रकमको चालू पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार रबिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालू पुँजी कर्जा सीमा कायम गर्नुपर्दछ । यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्नेछ र यस्तो कर्जा सीमा नवीकरणयोग्य हुने राष्ट्र बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाले उद्यम व्यवसायको सबै पक्षको विश्लेषण गरी विशेष प्रकृतिको आवश्यकता देखेमा भने कर्जा फाइलमा सो कारणहरु उल्लेख गरी अनुमानित वार्षिक कारोबाररबिक्रीको अधिकतम ४० प्रतिशतले हुन आउने रकमसम्म कुल चालू पुँजी कर्जा सीमा कायम गर्न सक्नेछन्।

प्रकाशित : ७ भाद्र २०७९, मंगलवार २१:४६