काठमाडौं । यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.६२ प्रतिशत बढेको छ । गत साता २०३७.९२ विन्दुमा बन्द भएको नेप्से, यस साता ३२.९४ अंक बढेर २०६८.२६ विन्दुमा झरेर बन्द भएको हो।
यो साता पाँच दिनमात्र कारोबार भएको नप्सेमा २२० वटा कम्पनीको एक लाख ९० हजार ३७० वटा कारोबार भएको छ । जसअनुसार दुई करोड २६ लाख १० हजार ७ सय २० कित्ता शेयर खरीद बिक्री हुँदा १० अर्ब ३४ करोड ९२ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
त्यसैगरी, यो साता बढेर उच्च बिन्दु २०८८.२३ सम्म पुगेको नेप्से सबैभन्दा कम २००४.०७ बिन्दुसम्म झरेको थियो ।
यो साता नेप्सेमा सूचिकृत बाणिज्य बैंकहरुमा सबैभन्दा बढी स्ट्यान्डर्ड चार्टर बैंकको शेयर ४.०१ प्रतिशतले बढेर प्रतिकित्ता ४४१ रुपैंयामा बन्द भएको छ । त्यसैगरी दोस्रोमा सिद्धार्थ बैंक रहेको छ । यसको यो साता शेयरमुल्य ३.२६ प्रतिशतले बढेर प्रतिकित्ता ३१३ रुपैंयामा कारोबार भएको छ । अर्को हिमालयन बैंकको पनि ३.०३ प्रतिशतले बढेर प्रतिकित्ता शेयरमुल्य ३१३.६० रुपैंयामा कारोबार भएर रोकिएको छ ।
एभरेष्ट बैंकको पनि यस हप्ता २.८८ प्रतिशतले बढेर प्रतिकित्ता ४९६.२ रुपैंयामा कारोबार भएर रोकिएको छ । साथै प्रभु बैंक, कृषि विकास बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक, सानिमा बैंक, नबिल बैंक, लक्ष्मि बैंक, सिटिजन्स इन्टनेशनल बैंक र एनआईसी एसिया बैंकको यो साता १ प्रतिशतभन्दा बढीले बढेको छ ।
यो साता नेप्सेमा प्राइम कमर्सियल बैंकको ०.३४ प्रतिशतले घटेर २३८ रुपैंया प्रतिकित्ता कारोबार भएको छ भने माच्छपुच्छे बैंकको शेयरमुल्य ०.३५ प्रतिशतले घटेर प्रतिकित्ता २३० रुपैंयामा कारोबार भएको छ ।





Comment