सरकारले व्यवस्था गरेको कर्जा सुरक्षा केन्द्रको स्थापना, सहकारी क्षेत्रको कर्जा असूली न्यायाधिकरण बनाउने जस्ता प्रशासनिक कुराहरु छन् । जुन सराेकारवला निकायहरुले पनि पहिचान गरेर यो चिजले समाधान गर्छ भनेर भनिसकेको छ । यी बिषयहरु नेफ्स्कूनले हेर्नपर्यो । त्यसैगरी बचत तथा ऋण सहकारीको छुट्टै ऐन चाहियो भनेर पनि कुराहरु अगाडी आएको छ । एेन ल्याउने कुरालाई बढी फोकश गरेर गतिविधी सञ्चालन गर्नु पर्छ नेफ्स्कूनले
नेफ्स्कून एउटा विश्वासनिय पात्रको रुपमा स्थापित भएर अगाडी त बढ्यो सदस्य संस्थालाई केहि भै हाल्यो भने के कुराको निश्चित गर्छ भन्ने कुराको कुनै निर्क्यौल नै भएन । संस्थामा पुँजी परिचालन कमी भयो भने नेफ्स्कूनको कहाँ छ पुँजी ? कति पुँजी परिचालन गर्न सक्छ ? नेफ्स्कून पनि बढी नाफामा रमाउने भयो भन्ने मेरो धारणा छ ।
नेफ्स्कनुसंग पर्याप्त पुँजी हुनुपर्यो । जस्तो कि केहि समयको लागि सद्स्यहरु संग ५ रुपैंयापनि लिएको छ । राष्ट्रिय ,अन्तर्ष्ट्रिय स्तरबाटपनि सहयोगका कुराहरु आईरहेको छ । त्यसमा बलियो रुपमा पुँजी परिचालन भन्दा पनि पुँजी व्यवस्थित गर्ने कुरामा नेफ्स्कून अगाडी आउनुपर्छ ।
सहकारी क्षेत्रमा समस्या भए भन्ने धेरै भए तर अनसुन्धान गरेर समाधान गर्नेहरु कम भए । याे कुरा नेफ्स्कून र महासंघले पनि बुझ्न जरुरी छ । नेफ्स्कूनले आफ्नो क्षेत्रभित्र रहेको सहकारीलाई बढी अनुसन्धान गर्नुपर्छ ।
अनुशन्धानमा बढी केन्द्रित भएको अवस्थामा कुन कुराले गर्दा बचत तथा ऋण सहकारी व्यवस्थित हुन्छन् भन्ने थाहा हुन्छ । बचतकर्ताले गरेको गुनासो हेर्दा आम मानिसको बुझाईमा सहकारी भनेको पैसा खान आएको हो भन्ने भैरहेको छ । यही बुझाइले पनि म सहकारीकर्मी हुँ भनेर हिड्न गार्हो भएको छ । यसलाई बेलैमा सुधार गराैँ ।
(कुराकानीमा आधारित)
Comment