नेफ्स्कूनको अध्यक्षमा डिबी बस्नेतको पल्ला भारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेफ्स्कूनको अध्यक्षमा डिबी बस्नेतको पल्ला भारी



काठमाडौं ३ पुस। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को अध्यक्षमा डिबी बस्नेत विजयी भएका छन् । बस्नेतले १ हजार १ सय ७७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नवराज सापकोटाले १६७ मत ल्याए ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा परितोष पौड्याल विजयी भएका छन् । पौडेलले १ हजार १ सय ४९ मत ल्याए । उनका प्रतिस्पर्धी न्हुछेनारायण श्रेष्ठले १७४ मत ल्याए । यस्तै महासचिवमा ८९९ मत ल्याई चन्द्रप्रसाद ढकाल विजयी भएका छन् । उनीका प्रतिस्पर्धी दीपक थापाले ४३९ मत ल्याए ।

त्यस्तै महिला उपाध्यक्षमा पार्वती खाँड राई, कोषाध्यक्षमा केशव प्रसाद पोखरेल, खुला सदस्यतर्फ उद्वव सापकोटा, चण्डिप्रसाद शर्मा पौडेल, भरतप्रसाद दवाडी, नानीकाजी शाक्य, प्रदेश सदस्यहरुमा डा. कृष्ण पौडेल, दिपक पनेरु, भीम बहादुर गुरुङ, कृष्ण प्रसाद नेपाल, घनश्याम अधिकारी, महिलातर्फ शान्ति अधिकारी, गोमा नेपाल र चन्द्र कुमारी खड्का , लेखा समिति संयोजकमा दामोदर अधिकारी र सदस्यहरुमा विपिन शर्मा, शुभद्रादेवी महतो विजयी भईन ।

प्रकाशित : ३ पुष २०७३, आईतवार ०३:००