मर्जरमा जाने संस्थाकाे बढीमा १५ दिन शेयर कारोबार रोक्का राख्न पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मर्जरमा जाने संस्थाकाे बढीमा १५ दिन शेयर कारोबार रोक्का राख्न पाउने



काठमाडौं । नेपाल धितोपत्र बोर्डले (सेबोन)ले संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ (प्रारम्भिक मस्यौदा) जारी गरेको छ ।

निर्देशिकामा गरिएको व्यवस्थाअनुसार अब एकीकृत कारोबार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्त गर्ने संस्था र गाभ्ने संस्था वा लक्षित संस्थाको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण लगायतका कार्यका लागि बढीमा १५ कार्य दिन शेयर कारोबार रोक्का राख्नुपर्ने उल्लेख छ।

तर, संगठित संस्थाको नाम परिवर्तन नहुने भएमा प्राप्ति गर्ने संस्थाको शेयर कारोबार रोक्का राख्नुपर्ने छैन ।

सूचीकृत संगठित संस्था र सूचीकरण नभएको संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति हुने भएमा नियमकारी निकायले तोकेको शेयर स्वामित्व अनुसार मिलाउनु पर्नेछ । संगठित संस्थाले एकिकृत व्यवसायिक कारोवार शुरु गरेको एक वर्ष भित्र सम्पन्न गरी सक्नुपर्नेछ ।

प्रकाशित : 11 August, 2022 6:05 pm