अपर हेवाखोला हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

अपर हेवाखोला हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत



काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीकोे आइपीओ नेप्सेमा सूचीकरण भएको छ । बुधबार यसको ५० लाख कित्ता सेयर सूचीकरण भएको हो ।

साउन २६ गते बिहीबारदेखि यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज तोकेर पहिलो कारोबार न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँभित्र रहेर हुने जनाएको छ । युएचईडब्लुए संकेतमा यसको कारोबार खुला हुनेछ ।

प्रकाशित : २५ श्रावण २०७९, बुधबार १७:०७