काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेको छ । नेप्से ४५.४२ अंकले घटेर दुई हजार ६१ दशमलब ५७ विन्दुमा पुगेर रोकिएको हो ।
त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । नेप्सेमा २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।आज कारोबार भएका कम्पनीहरुमध्ये ९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १७१ कम्पनीको शेयरमूल्य घटेको छ । साथै, एक कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
यसमध्ये नेप्सेमा एक कम्पनीको शेयरमूल्यमा उच्च अंकले बृद्धि भएको छ । हिमालयन हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेर प्रतिकित्ता २७५.८० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज गणपति लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टको भएको छ । यसको आज १५ करोड १० लाख ९७ हजार भन्दा बढीको कारोबार भएको छ ।





Comment