काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दाेस्राे दिन आज साेमबार दोहोरो अंकले घटेको छ । नेप्से १७.६७ अंकले घटेर दुई हजार एक सय ६ दशमलब १६ विन्दुमा पुगेर रोकिएको हो ।
आज नेप्सेमा अन्य इण्डेक्स सूचकहरु पनि घटेका छन । सेन्सेटिभ इण्डेक्स ३.४१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंक घटेको छ।
त्यस्तै, अघिल्लो दिनको तुलनामा आज कारोबार रकममा भने सुधार देखिएको छ । नेप्सेमा २ अर्ब ८५ करोड ७० लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन नेप्सेमा २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार रुपैंया बराबरको कारोबार भएको थियो । आज कारोबार भएका कम्पनीहरुमध्ये ५० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १२३ कम्पनीको शेयरमूल्य घटेको छ । साथै, ८ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
यसमध्ये दुई कम्पनीको शेयरमूल्य आज सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा गुराँस लघुवित्त वित्तिय संस्थाको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ११०० रुपैयाँ पुगेको छ भने, हिमालयन हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २५०.८० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज २० करोड ७१ लाख ६८ हजार भन्दा बढीको कारोबार भएको छ ।





Comment