काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार सामान्य अंकले घटेको छ । नेप्से २.७६ अंकले घटेर दुई हजार एक सय ९३ दशमलब ४९ विन्दुमा पुगेर रोकिएको हो ।
त्यस्तै, आज कारोबार रकममा पनि घटेको छ। आज नेप्सेमा ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये ८२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ९२ कम्पनीको शेयरमूल्य घटेको छ । साथै, ६ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
यसमध्ये ३ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बिन्ध्याबासिनी हाइड्रोपार डेभलपमेन्ट कम्पनी, साम्लिङ पावर कम्पनी र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
नेप्सेका अनुसार आजराष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज २९ करोड ३२ लाख २७ हजार भन्दा बढीको कारोबार भएको छ ।
Comment