साउन १८ गतेदेखि अभियान लघुवित्तले आइपीओ निष्काशन गर्दै, कति दिने आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

साउन १८ गतेदेखि अभियान लघुवित्तले आइपीओ निष्काशन गर्दै, कति दिने आवेदन ?



काठमाडौं । अभियान लघुवित्तले साउन १८ गते बुधबारदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ । यो मध्ये ५ प्रतिशत अर्थात् ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशत अर्थात् १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आबेदकले साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा भदौ १ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्ताको लागि लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको आइपीओमा लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

प्रकाशित : १६ श्रावण २०७९, सोमबार १०:३६