काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले बढेको छ । नेप्से ५४.५८ अंकले बढेर दुई हजार एक सय ९५ दशमलब १० विन्दुमा पुगेर रोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स ९.७२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १६.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ३.८४ अंक बढेको छ।
त्यस्तै, आज कारोबार रकममा पनि उच्च बृद्धि भएको छ। आज नेप्सेमा ४ अर्ब ६० करोड ९९ लाख ७१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये १२२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ५४ कम्पनीको शेयरमूल्य घटेको छ । साथै, ४ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
यसमध्ये ८ कम्पनीको शेयरमूल्य आज सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा नेपाल इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स लिमिटेड, आइएमई जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर आज १० प्रतिशतले बढेको छ । त्यसैगरी, स्वाभिमान लघुवित्त वित्तिय संस्था, युनाईटेड आइडीआई मार्दी हाइड्रोपावर र युनाईटेड इन्स्योरेन्सको शेयर ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
नेप्सेका अनुसार आज गुडविल फाइनान्स कम्पनीको डिभेञ्चर,नेशनल हाईड्रोपावर, मल्टिपर्पाेज फाईनान्स र नबिल ब्यालेन्स फन्ड – २ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज २१ करोड ३४ लाख हजार १६ हजार भन्दा बढीको कारोबार भएको छ ।
Comment