हिमाल दोलखा हाइड्रोपावरको सेयर कारोबार रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

मुख्य समाचार

हिमाल दोलखा हाइड्रोपावरको सेयर कारोबार रोक्का



काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरको सेयर कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले रोक्का गरेको छ । हिमाल कम्पनीले बजारमा सेयर कारोबार भइरहेको समयमा सञ्चालक समितिको बैठक बसी मूल्य संवेदनशील निर्णय गरेको र बुक क्लोज दिन भन्दा ७ दिन अघि नै सूचना दिनुपर्ने नियमसमेत उल्लंघन गरेको भन्दै नेप्सेले सेयर कारोबार रोक्का गरेको हो ।

सेयर कारोबार रोक्का गर्दै नेप्सेले ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्नसमेत कम्पनीलाई निर्देशन दिएको छ ।

कम्पनीले १३ गते शुक्रबार बिहान ११ बजे बोर्ड बैठक राखेर विभिन्न निर्णयसहित ७५ प्रतिशत (१ः०.७५ को अनुपात) हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । कम्पनीले भदौ ३ गते साधारण सभा गर्ने निर्णय गरेको छ । साधारण सभा प्रययोजनार्थ साउन १९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ ।

तर, १४ गते मात्रै सूचना दिएपछि तोकिएको समय भित्र सूचना उपलब्ध नगराएपछि स्पष्टिकरणसहित कारोबार रोक्का गरेको हो ।

प्रकाशित : १५ श्रावण २०७९, आईतवार १५:०४