नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा १४.८३ प्रतिशतले बढ्यो, खराब कर्जा घटेर १.४७ प्रतिशतमा झर्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

बैंक / वित्त

नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा १४.८३ प्रतिशतले बढ्यो, खराब कर्जा घटेर १.४७ प्रतिशतमा झर्यो



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चौथो त्रैमाससम्मको अपरिष्कुत वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकले चौथो त्रैमाससम्म आईपुग्दा ४ अर्ब ८ करोड ६३ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो अघिल्लो वर्षको तुलनामा १४.८३ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले १ खर्ब ६४ अर्ब ७९ करोड १० लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ५.८६ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब ७४ अर्ब ५५ करोड ७७ लाख रुपैंया निक्षेप संकलन गरेको थियो । त्यसैगरी बेकले १ खर्ब ५७ अर्ब ४६ करोड ९७ लाख ४४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने खराब कर्जा २.४५ प्रतिशतबाट घटेर १.४७ प्रतिशतमा झरेको छ ।

समिक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी ६.३७ प्रतिशतले उकालो लागेर ५ अर्ब ९४ करोड ९० लाख ६८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५ अर्ब ५९ करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको कुल सञ्चालन आम्दानी ३१.४१ प्रतिशत बढेर ६ अर्ब ७२ करोड ७६ लाख रुपैंया पुगेको छ ।

जगेडा कोषमा १४ अर्ब ६७ करोड ८० लाख रुपैयाँ व्यवस्था गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३.८३ प्रतिशतले धेरै हो । बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख रुपैयाँ रहेको छ । २२ रुपैयाँ ३२ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ २१ पैसा छ ।

प्रकाशित : ११ श्रावण २०७९, बुधबार ११:१६