आईपीओ निष्काशन गर्न दुई कम्पनीले पाए बोर्डको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

आईपीओ निष्काशन गर्न दुई कम्पनीले पाए बोर्डको अनुमति



काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्थालाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले इष्टर्नलाई साउन ९ गते र खप्तडलाई साउन १० गते आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

इष्टर्न हाइड्रोपावरले आयोजना प्रभावित स्थानिय र सर्वसाधरणको लागि १२ करोड २४ लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । यस्तै खप्तड लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो ।

इष्टर्न हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ भने खप्तड लघुवित्तको बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्ने छ ।

प्रकाशित : १० श्रावण २०७९, मंगलवार १५:२१