दुई म्युचुअल फन्ड नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

दुई म्युचुअल फन्ड नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुईवटा म्युचुअल फन्ड सूचीकृत भएका छन्। नेप्सेमा एनआईसी एसिया म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईसी एसिया फ्लेक्स क्याप फन्ड र कुमारी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने कुमारी धनवृद्धि योजना सूचीकृत भएका हुन्।


त्यस्तै, एनआईसी एसिया फ्लेक्स क्याप फन्डको १० करोड २० लाख कित्ता र कुमारी धनवृद्धि योजनाको १२ करोड २५ लाख ७ हजार दुई सय ५९ कित्ता शेयर सूचिकृत भएको हो ।

प्रकाशित : ९ श्रावण २०७९, सोमबार १६:५४